images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • जनकपुरधाममा भारतको कश्मीरमा भएको हमलाविरुद्ध ...

जनकपुरधाममा भारतको कश्मीरमा भएको हमलाविरुद्ध प्रदर्शन

जनकपुरधाममा भारतको कश्मीरमा भएको हमलाविरुद्ध प्रदर्शन

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • जनकपुर । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रदर्शन गरेका छन् । भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् ।

    images
    images

    विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् । उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुत्लासमेत जलाएका छन् ।

    उनीहरुले हिन्दूहरुलाई एकजुट हुन आग्रह गरेका छन् । कश्मीरमा भएको घटनाले आतंकवादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरुको ठहर छ । उनीहरुले इस्लामिक आतंकबाद बन्द गर्नुपर्ने माग राखेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend