images

२०८३ आश्विन २ गते

images
images
images

दक्षिण कोरियामा रोजगारी वृद्धि

दक्षिण कोरियामा रोजगारी वृद्धि

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • सियोल। दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भएको बुधबार प्रकाशित तथ्याङ्कले जनाएको छ ।तथ्याङ्क कोरियाका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिहरूको सङ्ख्या एक लाख ९४ हजार अर्थात शून्य दशमलव सात प्रतिशतले बढेर अप्रिलमा दुई करोड ८८ लाख ८७ हजार पुगेको ।

    images
    images

    समग्र रोजगारी वृद्धि वृद्धवृद्धाद्वारा सञ्चालित थियो । ६० वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगारीको सङ्ख्या वार्षिक आधारमा अप्रिलमा तीन लाख ४० हजारले बढेको छ र ३० वर्ष उमेर समूहका लागि यो सङ्ख्या ९३ हजारले बढेको छ ।१५–२९ वर्ष उमेर समूहका लागि रोजगारी एक लाख ७४ हजारले घटेको छ भने ४० र ५० वर्ष उमेर समूहका लागि रोजगारी ५१ हजार र १४ हजारले घटेको छ ।

    गत वर्षको सोही महिनाको तुलनामा अप्रिलमा उत्पादकहरू बीचको रोजगारी एक लाख २४ हजारले घटेको छ । यो सन् २०१९ फेब्रुअरीपछि छ वर्षभन्दा बढीमा सबैभन्दा कम हो र लगातार १०औँ महिनामा गिरावटको प्रवृत्ति रहेको छ ।निर्माण र थोक र खुद्रा उद्योगहरूमा गुमाएको रोजगारी क्रमशः एक लाख ५० हजार र तीन हजार पुगेको छ । यो लगातार १२औँ र १४औँ महिनामा घट्दै गएको छ ।

    images
    images

    स्वास्थ्य तथा समाज कल्याण सेवा, विज्ञान तथा प्रविधि सेवा र सूचना तथा सञ्चार क्षेत्रमा रोजगारीको सङ्ख्या दुई लाख १८ हजार, एक लाख १३ हजार र ७२ हजार पुगेको छ ।अप्रिलमा बेरोजगारको सङ्ख्या आठ लाख ५४ हजार थियो । यो एक वर्ष अघिको तुलनामा ३१ हजारले कम हो । बेरोजगारी दर शून्य दशमलव एक प्रतिशतले घटेर दुई दशमलव नौ प्रतिशतमा प्रतिशतमा झरेको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend