images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु...

धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र

धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र

images
images
मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौंः धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र परेका छन् । धादिङको धार्केस्थित गणेश खोला पुलमा भ्वाङ परेको छ।

    images
    images

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याविन जाली लगाइएको थियो। तर, सोही स्थानमा पुनः भ्वाङ परेको कारण सवारी आवागमन बन्द भएको छ। यस क्षेत्रमा धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने पुल रहेको छ। नयाँ पुल निर्माणका लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो। त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो। अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन्। एकतर्फी सडक संचालनमा ल्याइए पनि मंगलबारदेखि नै जोखिम भने टरेको थिएन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend