images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बागमती प्रदेशको नीति तथा कार्यक्रम आज...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं ।बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न १ बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ ।

    images
    images

    आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले बताए ।यसअघि प्रदेशसभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेका सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता छलफलपछि पारित भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend