images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • एकता र मेलमिलापको माध्यम हुन् चाडपर्वः...

एकता र मेलमिलापको माध्यम हुन् चाडपर्वः सभामुख घिमिरे

एकता र मेलमिलापको माध्यम हुन् चाडपर्वः सभामुख घिमिरे

images
images
शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताउनु भएको छ । 

    images
    images

    बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै घिमिरेले भन्नुभएको छ, “हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ ।”

    नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानुनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएको जसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मानर संरक्षण सुनिश्चित गरेको पनि बताउनुभएको छ । 

    images
    images

    मुस्लिम धर्म ग्रन्थका अनुसार करिब चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा परमेश्वरले “आफ्नो सबैभन्दा प्रिय वस्तु चढाऊ” भन्ने आज्ञा दिएको देखेपछि उनले आफ्नै छोरालाई बलिदान गर्न तम्सेका थिए । तर, वास्तविक बलिदानको क्षणमा छोराको सट्टा एक भेंडा चढाइएको थियो । यही समर्पण, विश्वास र ईश्वरप्रतिको निष्ठाको स्मरणस्वरूप बकर इद मनाइन्छ । यस पर्वको मूल सन्देश “जीवन र मरण समेत ईश्वरका लागि समर्पित होस्” भन्ने हो ।

    सभामुख घिमिरेले भन्नुभएको छ, “बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend