images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • इजरायलले गर्‍यो इरानमाथि आक्रमण, इजरायलमा...

इजरायलले गर्‍यो इरानमाथि आक्रमण, इजरायलमा आपतकालको घोषणा

इजरायलले गर्‍यो इरानमाथि आक्रमण, इजरायलमा आपतकालको घोषणा

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं : इजरायलले इरानमाथि आक्रमण गरेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले यसको पुष्टि गरेका छन्। बदला लिने आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै इजरायलमा आपतकालीन अवस्था पनि लागू गरेको छ।  आपतकालको घोषणा गर्दै काट्जले भने, ‘इरानमा इजरायलको आक्रमणपछि हाम्रो जनसंख्यामाथि मिसाइल वा ड्रोन आक्रमणको सम्भावना छ। यस्तो अवस्थामा अत्यावश्यक क्षेत्र बाहेक शैक्षिक गतिविधि, भेला र कार्यस्थलहरूमा प्रतिबन्ध लगाइएको छ।’

    images
    images

    एक इजरायली सैन्य अधिकारीले धेरै आक्रमण गरिएको बताएका छन्। यी आक्रमण इरानको आणविक कार्यक्रम र अन्य सैन्य लक्ष्यविरुद्ध रहेको ती अधिकारीले जनाएका छन्।  

    अमेरिकामा बीबीसीको साझेदार सीबीएसले अमेरिकी अधिकारीहरूलाई इरानमाथिको आक्रमणको बारेमा थाहा नभएको उल्लेख गरेको छ।  अमेरिकाले केही क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ। इरानले इराकस्थित अमेरिकी अड्डाविरुद्ध बदला लिन सक्ने अमेरिकालाई डर थियो।

    images
    images

    इरानी सरकारी समाचार एजेन्सी नूर न्यूजका अनुसार तेहरानको उत्तर–पूर्वी क्षेत्रमा विस्फोटको आवाज सुनिएको छ। बीबीसी संवाददाताहरूले पनि तेहरानका मानिसबाट विस्फोटको पुष्टि गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend