images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • ट्रम्प प्रशासन ३६ देशका नागरिकलाई अमेरिका...

ट्रम्प प्रशासन ३६ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउँदै

ट्रम्प प्रशासन ३६ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउँदै

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भुटानसहित ३६ देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।वासिङ्टन पोस्टकाअनुसार अमेरिकी विदेश मन्त्रालयले ती देशहरूलाई नयाँ सुरक्षा मापदण्ड पूरा गर्न ६० दिनको समय दिएको छ ।विदेशमन्त्री मार्को रुबियोको हस्ताक्षर गरेको मेमो सम्बन्धित देशमा रहेको अमेरिकी कूटनीतिक नियोगहरूमा पठाइएको छ । उक्त प्रतिबन्ध लाग्नसक्ने देशको सूचीमा अमेरिका समर्थक देशहरू इजिप्ट र जिबुउटीजस्ता मुलुकसमेत परेका छन् ।

    images
    images

    अमेरिकी अधिकारीका अनुसार प्रतिबन्ध लगाउने तयारी गरिएका देशहरूले विश्वसनीय परिचयपत्र प्रणाली नभएको, सरकारी संयन्त्र प्रभावकारी नभएको वा ती देशका नागरिकहरूले अमेरिकी भिसाको दुरुपयोग गर्ने प्रवृत्ति देखिएको जस्ता आधारमा मापदण्ड नपुगेको उल्लेख छ ।यदि ती देशहरू अमेरिकाबाट निष्कासित अन्य तेस्रो देशका नागरिकलाई स्वीकृति दिन तयार भएमा, अन्य कडाइका प्रावधानमा लचकता अपनाइने बताइएको छ ।

    प्रतिबन्धको सम्भावित सूचीमा अफ्रिकाका २५ देश, क्यारेबियनका ४ देश, एसियाका ४ देश (भुटान, क्याम्बोडिया, किर्गिस्तान, सिरिया) र ओसिनियाका ३ देश (टोंगा, तुवालु, वनुआटु) छन् ।सूचीमा अफ्रिकाका अंगोला, बेनिन, बर्किना फासो, काबो भर्डे, क्यामरून, आइभोरी कोस्ट, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, जिबुउटी, इथियोपिया, इजिप्ट, गाबोन, गाम्बिया, घाना, लाइबेरिया, मलावी, मोरिटानिया, नाइजर, नाइजेरिया, साओ टोमे एन्ड प्रिन्सिपे, सेनेगल, साउथ सुडान, टान्जानिया, युगान्डा, जाम्बिया र जिम्बाब्वे छन् ।क्यारेबियनका एन्टिगुआ एन्ड बारबुडा, डोमिनिका, सेन्ट किट्स एन्ड नेभिस, र सेन्ट लुसिया छन् । यस्तै, एसियाबाट भुटान, कम्बोडिया, किर्गिस्तान र सिरिया सूचीमा छन् ।

    images
    images

    ओसिनिया क्षेत्रका टोंगा, तुवालु र वनुआटु पनि प्रतिबन्धको सम्भावित सूचीमा पर्न सक्ने देखिएको छ ।यी मुलुकहरूलाई प्रारम्भिक सुधार योजना बुझाउन बुधबार बिहान ८ बजेसम्मको समय दिइएको छ । यद्यपि, अमेरिकाको विदेश मन्त्रालयले औपचारिक प्रतिक्रिया जनाइसकेको छैन र प्रतिबन्ध कहिलेबाट लागू हुने भन्ने विषय पनि स्पष्ट गरिएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend