images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको...

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको जिम्मेवारीमा सुवासचन्द्र जोशी

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको जिम्मेवारीमा सुवासचन्द्र जोशी

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिएका छन्।

    images
    images

    कोष सञ्चालक परिषद्को अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णय गरी कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिनु भएको उनको सचिवालयले जनाएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही असार ७ गते विद्युतीय शवदाहगृह यन्त्र खरिद प्रकरणमा सदस्य सचिव डा मिलन कुमार थापा लगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतमा मुद्दा दायर भएपछि स्वतः पदबाट निलम्वन हुने कानुनी व्यवस्था अनुसार सदस्य सचिव पद रिक्त भएको थियो।

    images
    images

    नवनियुक्त निमित्त सदस्य सचिव जोशीको पदावधि आगामी भदौ १८ गतेसम्म रहेको कोषले जनाएको छ। करिब दुई महिना मात्र उहाँको निमित्त सदस्य सचिवको कार्यकाल हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend