काठमाडौंः विकास हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गते बुधबार देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन बाँडफाँड सम्पन्न गरे सँगै दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीको आफ्नो जारी पूँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ प्रति कित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको हो। जस मध्ये कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ९ हजार १०१ कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ बाँडफाँड गरेको हो।
बाँकी रहेको आईपीओ मध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई र ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
यस आईपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।
निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा असार ३२ गते सम्म लम्बिने कम्पनीले जनाएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका र ‘मेरो सेयर’ एपमार्फत् आवेदन दिन सक्नेछन्।




.gif)





