काठमाडौँः आगामी असोज १ र २ गते पावर समिट २०२५ आयोजना हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)को आयोजनामा दुई दिने पावर समिट हुने भएको हो । यस्तो समिट २।२ वर्षमा आयोजना हुँदै आएको छ ।
नवौं संस्करणको यो पावर समिट आगामी ऊर्जा विकास मार्गचित्र २०८१ को कार्यान्वयन र सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न आवश्यक पूँजी जुटाउन कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।
पावर समिटमा ३० भन्दा बढी देशका लगानीकर्ताको सहभागी हुनेछ।




.gif)





