images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • २० हजार ऋणबाट सुरु गरेको कुखुरापालनबाट...

२० हजार ऋणबाट सुरु गरेको कुखुरापालनबाट आज वार्षिक तीन लाख आम्दानी गर्दै कमला

२० हजार ऋणबाट सुरु गरेको कुखुरापालनबाट आज वार्षिक तीन लाख आम्दानी गर्दै कमला

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • कैलाली। बर्दगोरिया गाउँपालिका-२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छिन्।

    images
    images

    उनले १० वर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेकी हुन्। पटकपटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरेकी हुन्।हाल वर्षमा ६ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताइन्। सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिइन्।

    उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताइन्। विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सुझाउँछिन्। सहकारीको सहयोगको पनि उनले सराहना गरिन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend