images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • विकास हाइड्रोको आईपीओमा १४ लाख ७८...

विकास हाइड्रोको आईपीओमा १४ लाख ७८ हजार ८३९ जनाको आवेदन

विकास हाइड्रोको आईपीओमा १४ लाख ७८ हजार ८३९ जनाको आवेदन

images
images
शनिवार, आषाढ २१ २०८२
शनिवार, आषाढ २१ २०८२
  • काठमाडौँः विकास हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो लागेको छ । कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका छन् ।

    images
    images

    कम्पनीले यही असार १८ गतेदेखि निष्काशन गरेको आईपीओमा हालसम्म (शुक्रवार) सम्ममा १ करोड ८२ लाख २४ हजार ३२० कित्ताका लागि १४ लाख ७८ हजार ४ लाख ७८ हजार ८३९ जनाको आवेदन दिएको कम्पनीले उल्लेख गरेको छ ।

    प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओ मार्फत विकास हाइड्रोपावरले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

    images
    images

    लगानीकर्ताले असार २२ गतेसम्म आवेदन पाउनेछन् । त्यसका लागि लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृत सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्छन् ।

    आईपीओ बाँडफाँड नियमअनुसार छिट्टै हुने जनाएको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस प्रदान गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend