काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ र सोमबार शिवजीको बार भएकाले आज श्रावणको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ।
यसदिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ। नेपालमा सौरमास अनुसार सोमबार व्रत गर्ने परम्परा छ। हरेक वर्ष जस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानै देखि भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन्।




.gif)



