images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • रसुवा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा चीनले...

रसुवा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा चीनले सघाउने

रसुवा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा चीनले सघाउने

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं।  चीनले रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ।हालै आएको बाढीले मितेरी पुलसहितको भौतिक संरचनामा क्षति पुर्याएको थियो। चीनतिर उसले पुनर्निर्माण सुरु गरिसकेको छ। नेपालतिर सडक मार्ग अस्थायी रूपमा निर्माण भए पनि भन्सार लगायतका अन्य संरचनाको पुनर्निर्माण सुरु भएको छैन।

    images
    images

    अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्गबीच सोमबार भएको भेटमा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने बताएका हुन्।सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरूको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद दिएका थिए।

    अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिएका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend