images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • ‘जेन्जी’ पुस्ताका ६ सय बढी उद्यमीलाई...

‘जेन्जी’ पुस्ताका ६ सय बढी उद्यमीलाई कर्जा प्रवाह

‘जेन्जी’ पुस्ताका ६ सय बढी उद्यमीलाई कर्जा प्रवाह

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्र्ति मन्त्रालयको पहलमा ‘जेन्जी’ पुस्ताका ६ सयभन्दा बढी उद्यमीलाई कर्जा प्रवाह गरिएको छ । राष्ट्रिय स्टार्टअप उद्यमी नीति, २०८१ र स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत भई कार्यान्वयनमा आएसँगै पछिल्लो पुस्तालाई पनि उद्यमशीलतामा समेटिएको हो ।सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न एक अर्ब रुपैयाँबराबरको स्टार्टअप उद्यम कर्जा कार्यक्रम ल्याउने निर्णय गरेसँगै उद्योग, वाणिज्य तथा आपूर्र्ति मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ जारी गरेको थियो । मन्त्रालयले युवालाई प्रोत्साहन गर्न गरेको यो काम गत आवको उदाहरणीय हो । 

    images
    images

    यस्तो कर्जाका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न परियोजना प्रस्ताव आह्वान गरेको थियो । जस्मा हजारौंको संख्यामा स्टार्टअप उद्यमीले चासो देखाएका थिए । जस्मा भौतिक (अफलाइन) र अनलाइनका माध्यमबाट ५ हजार १ सय ५८ परियोजना प्रस्ताव पेस गरेका थिए । यसबाट छनोट गरेका उद्यमीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो कर्जा लिन सक्ने व्यवस्था छ । छनोट भएका उद्यमीहरूले ३ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा प्रतिपरियोजना न्यूनतम ५ लाखदेखि २५ लाख रुपैयाँसम्म प्राप्त गर्न पाउने व्यवस्था कार्यविधिमा छ ।

     आवमा उद्योग क्षेत्रका प्रगति
    आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालय सुधार कार्ययोजना २०८१ तर्जुमा तथा कार्यान्वयन भयो । यस्तै, पेट्रोलियम पदार्थ उत्खननमा ऐतिहासिक उपलब्धि हासिल गर्न सफल ४ हजार १३ मिटर ड्रिलिङ गरी १ सय १२ अर्ब घन मिटर मिथेन ग्यास भएको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको । थप अनुसन्धान कार्य जारी रहेको छ । यता ५० करोडसम्मको वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्थाले उल्लेख्य विदेशी लगानी स्वदेश भित्रिएको मन्त्रालयको दाबी छ । यद्यपि चालु आर्थिक वर्षमा करिब ६ सय ६१ करोड विदेशी लगानी स्वीकृत भई कुल १७ हजार २ सय ५५ नयाँ रोजगारी सृजना भएको 
    जनाइएको छ ।

    images
    images

    यसैगरी, गत आव घरेलु मदिरा उत्पादन अनुमति तथा ब्रान्डिङसम्बन्धी मापदण्ड २०८१ स्वीकृत भई नेपाली मौलिक ब्रान्डको मदिरा उत्पादनको कार्य प्रारम्भ भयो । मन्त्रालयअन्तर्गतका रुग्ण उद्योगहरूको सम्पत्ति तथा दायित्वको विस्तृत विवरण अध्ययन गरी उपयुक्त विधिमा पुनः सञ्चालन गर्न अर्थ मन्त्रालय पठाइएको साथै निजी रुग्ण उद्योगको व्यवस्थापन तथा सञ्चालनका लागि सुझाव समिति गठनको प्रक्रिया अगाडि बढेको जनाइएको छ । यससँगै बिजनेस इन्क्युवेसन सेन्टर स्थापना तथा सञ्चालन र ७ वटै प्रदेशमा बिजनेस इन्क्युवेसन सेन्टर सञ्चालनमा आउने मन्त्रालयले जानकारी दिएको छ ।

    आर्थिक वर्ष २०८१/०८२ मा उद्योग क्षेत्रका अन्य उपलब्धि

    • धौवादी फलाम खानीसम्मको पहुँच मार्ग निमार्ण कार्य भएको ।
    • नेपालकै ठूलामध्येका करिब एक दर्जन सिमेन्ट उद्योगसम्मको विद्युत् प्रसारण लाइनको काम निर्माणको अन्तिम चरणमा रहेको ।
    • पाँचखाल र सिमरा विशेष आर्थिक क्षेत्रको सञ्चालन पीपीपी मोडलमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको ।
    • सीएनआईसँगको सहकार्यमा मेक इन् नेपाल मेड इन् नेपाल अभियानलाई प्रवद्र्धन गर्न ठोस नीति लिई कम अगाडि बढिरहेको ।
    • १ सय २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भई चार वटा पालिकामा (अछामको मेल्लेक, तनहुँको आँबुखैरेनी, गुल्मीको मदानी र स्याङ्जाको अर्जुनचौपारी) सञ्चालनमा आएको ।
    • नेपाल सरकारको हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति अनुरूप औद्योगिक क्षेत्रका कामहरू द्रुत गतिमा अगाडि बढेका छन् ।       
    • स्वदेशी उत्पादन तथा उत्पादकत्वको गुणात्मक वृद्धि गर्न सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोगसम्बन्धी निर्देशिका २०८१ स्वीकृत भई कार्यान्वयनको चरणमा गएको ।
    • लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रको मनोबल बढाउन केही नेपाल ऐन संशोधनमार्फत विद्यमान कानुनहरूमा समयानुकूल संशोधन गरिएको ।
    • हाल विद्यमान रहेका नीति कानुन कार्यविधि, निर्देशिका तथा मापदण्डहरूमा समयानुकूल परिमार्जन गरिएको साथै नयाँ कानुनसमेत निर्माण गरिएको ।
    • कम्पनी रजिस्ट्रारको कार्यालयलाई पूर्ण रूपमा स्वचालित प्रणालीमा लगिएको र कम्पनी ऐनको संशोधनमार्फत पुराना कम्पनीहरूको नवीकरणलगायतको जरिवानामा ९० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनमा आएको । मन्त्रालय मातहतका विभागहरूमा समेत अनलाइन प्रणालीको सुरुवात गरिएको ।
    • ई–कमर्स ऐन स्वीकृत भई वाणिज्य विभागमा ई–कमर्स प्लेटफर्म बनाउने कार्यको थालनी गरिएको ।
    • गुणस्तरको क्षेत्रमा नेपाल प्रत्ययन केन्द्रको स्थापना भएको नेपालबाट निर्यात हुने ९ वटा वस्तुमा बीआईएस सर्टिफिकेसन प्राप्त गरी भारत निर्यात भइरहेको ४५ वटा वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरिएको ।
    • सुन गुणस्तर मापनयन्त्र खरिद गरी आधुनिक ल्याब सञ्चालनमा आएको ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend