images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बारपाक सुलिकोट गाउँपालिका भत्ता खाने...

बारपाक सुलिकोट गाउँपालिका भत्ता खाने जनता खोज्दै छिर्‍यो सहर

बारपाक सुलिकोट गाउँपालिका भत्ता खाने जनता खोज्दै छिर्‍यो सहर

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • पोखरा । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम गाउँपालिकामा छ, जनता चाहिँ सहरमा । बसाइसराइले हैरान भएपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले लाभग्राही खोज्दै सहर छिर्ने भएको छ । हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर नागरिकहरू पालिकासम्म नआएपछि पालिका नै लाभग्राही खोज्न विभिन्न सहर जाने निधोमा पुगेको हो ।

    images
    images

    गाउँपालिकाले सूचना जारी गर्दै पालिकामा दर्ता भई चितवन र काठमाडौँमा बसोबास गरिरहेका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ । यसबाट पालिकाको बसाइसराइलाई प्रस्ट पार्छ । सरकारी सुविधा लिन पनि गाउँमा नवीकरणका लागी नजाँदा पालिकालाई अतिरिक्त स्रोत खर्च गर्नुपर्ने बाध्यता बनेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत सुवाश आले नागरिकको सहजताका लागि यस्तो निर्णय गरिएको बताउँछन् । ‘सेवा लिन नागरिकहरू आफै आउनुपर्ने हो । तर धेरै असक्त, ज्येष्ठ नागरिक छन्,’ उनले भने, ‘धेरै संख्यामा चितवन र काठमाडौँमा छन् । सेवाग्राहीलाई सहज होस् भन्ने हेतुले गरिएको हो ।’ अघिल्लो वर्षसम्म जनप्रतिनिधिको जिम्माका आधारमा लाभग्राही सूची नवीकरण गर्ने गरिएको तर अहिले बायोमेट्रिक अनिवार्य भएका कारण सेवाग्राही उपस्थित हुनैपर्ने उनले बताए ।

    images
    images

    ‘यो वर्षदेखि बायोमेट्रिक गर्नुपर्छ । व्यक्ति नै उपस्थित हुनुपर्छ, कतिपय अस्पतालमा उपचार गराइरहेका छन् । झन् बिरामी बढ्न सक्छन् भन्ने लागेर गर्न लागिएको हो,’ अघि भने, ‘हामीले पालिकाभित्र पनि वडा र टोलमा यसैगरी गर्ने गरिएको छ । भत्ता वितरण पनि टोलटोलमै गएर वितरण गरिएको छ ।’ बारपाकका करिब ६ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिकाबाहिर रहेको आलेले जानकारी दिए ।३ हजार मात्रै गाउँमा छन् । बाँकी ५ सय गोरखा बजारमा, १ हजार जति चितवन र १५ सय जति काठमाडौँमा बसोबास गर्ने उनले सुनाए । पालिकाबाट बसाइसराइ पनि बर्सेनि बढ्दो क्रममा रहेको पालिकाले जनाएको छ । सूचना अनुसार भदौ २६ र २७ गते चितवनमा तथा २९,३० र ३१ गते काठमाडौँमा लाभग्राही नवीकरण हुने उनले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend