काठमाडौं । देशका धेरै स्थानमा यति बेला (सोमबार अपराह्न करिब ४ बजे) पानी परिरहेको छ । सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङको फलेनीमा १२.६ मिलिमिटर भएको महाशाखाले जानकारी गराएको छ ।
“१९ साउन २०८२ । गएको एक घण्टामा सबैभन्दा बढी पानी लमजुङको फलेनीमा (१२.६ मिलिमिटर) परेको छ । अहिले सबै प्रदेशको विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ,” महाशाखाले भनेको छ ।

देशमा हाल मनसुन सक्रिय अवस्थामा छ । मनसुन सक्रिय हुँदा गएको शुक्रबार (साउन १६)यता देशका धेरै स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।




.gif)





