images

२०८३ आश्विन २ गते

images
images
images

सभामुख र प्रमुख सचेतकबिचको बैठक स्थगित

सभामुख र प्रमुख सचेतकबिचको बैठक स्थगित

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरू बिचको संयुक्त बैठक स्थगित भएको छ । सभामुख घिमिरेले मंगलबार ११ बजे बस्नेगरी प्रमुख सचेतकहरूसँगको संयुक्त बैठक बोलाएका थिए । तर सभामुख घिमिरेको कार्याव्यस्तताले ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । 

    images
    images

    प्रमुख सचेतकहरूसँगको छलफलमा प्रतिनिधिसभा बैठकको कार्यसूचीसहित विभिन्न विधेयक तथा प्रतिवेदनहरूका बारेमा छलफल गर्ने बताइएको थियो ।गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरिरहेको विषयमा पनि छलफल हुने तयारी थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend