images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • रासायनिक मलबारे ठोस योजना ल्याउन दुई...

रासायनिक मलबारे ठोस योजना ल्याउन दुई मन्त्रीलाई प्रधानमन्त्रीको ३ बुँदे निर्देशन

रासायनिक मलबारे ठोस योजना ल्याउन दुई मन्त्रीलाई प्रधानमन्त्रीको ३ बुँदे निर्देशन

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमन्त्री रामनाथ अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारीलाई रासायनिक मल आपूर्ति र व्यवस्थापनबारे ठोस योजना ल्याउन ३ बुँदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्री ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images
    images

    सचिवालयका अनुसार रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन, कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन निर्देशन दिएका हुन् ।

    नेपालमा खेती लगाउने समयमा सधैँजसो मलको अभाव हुने गरेको गुनासो किसानहरूले गर्दै आएका छन् । दुई दिनअघिमात्र प्रधानमन्त्री ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताएका थिए ।उनले कृषि मन्त्रालयको हवला दिँदै तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको जनाएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend