images

२०८३ आश्विन २ गते

images
images
images

बाँकेमा काठको उत्पादन वृद्धि हुँदै

बाँकेमा काठको उत्पादन वृद्धि हुँदै

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • नेपालगञ्ज। बाँके जिल्लामा विभिन्न प्रजातिका काठको उत्पादन बढ्दै गएको छ । जिल्लामा रहेका सामुदायिक वनमध्ये ३१ वनमा सम्वर्द्धन प्रणाली लागू भएपछि काठको उत्पादन बढ्दै गएको जिल्ला वन डिभिजन कार्यालयका प्रमुख शङ्कर गुप्ताले जानकारी दिए।“वनको दिगो व्यवस्थापनले काठ उत्पादन बढ्दै गइरहेको छ”, उनले भने, “अघिल्लो आवमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्युफिट काठ उत्पादन भएकामा गत आवमा चार लाख पाँच हजार ९८ दशमलव शून्य पाँच क्युफिट उत्पादन भएको हो ।”

    images
    images

    जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा निजी आवादी वनमा गरी गत आवमा चार लाख पाँच हजार ९८ दशमलव शून्य पाँच क्युफिट काठ उत्पादन भएको डिभिजन वन कार्यालयले जनाएको छ ।सम्वर्द्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ३२ हजार ८०० दशमलव १३ क्युफिट, सम्वर्द्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ७४ हजार ४१७ दशमलव ८४ क्युफिट र एउटा मात्र सम्वर्द्धन प्रणाली लागू भएको राष्ट्रिय वन शम्शेरगञ्ज माथेवास चक्लाबाट ८७ हजार ६५३ दशमलव ६५ क्युफिट काठ उत्पादन भएको कार्यालयका वन अधिकृत बाबुराम पोखरेलले जानकारी दिए । उनका अनुसार अहिले जिल्लामा भुवर भवानी नामक चक्ला वन समेत थप भएको छ ।

    विभिन्न व्यक्तिका निजी तथा आवादी वन क्षेत्रबाट पनि अघिल्लो आवको तुलनामा गत आवमा काठ उत्पादन बढेको उनले बताए । उनका अनुसार विभिन्न सामुदायिक वन सम्वर्द्धन प्रणाली लागू भएका र नभएकाबाट विभिन्न जातका ८६५ दशमलव ६५ चट्टा, राष्ट्रिय वनबाट २९९ दशमलव ७१ चट्टा र निजी आवादी वनबाट १४५२ दशमलव ९६ चट्टा उत्पादन भएको छ ।सामुदायिक तथा राष्ट्रिय वनबाट साल, असना, धौटी, जामुन, खयर, सिसौँ, हर्रो, बर्रो, कर्मालगायत प्रजातिका काठ तथा दाउरा उत्पादन भएका जनाउँदै पोखरेल निजी आवादी वनबाट मसला, टिक सिसौँ, सिमल, खयरलगायत प्रजातिका काठ तथा दाउरा उत्पादन भएका बताए।

    images
    images

    उनका अनुसार काठदाउरा बिक्रीबाट गत आवमा रु ११ करोड ९५ लाख ४१ हजार ५६८ राजस्व सङ्कलन भएको छ भने रु ११ करोड ४७ लाख ६८ हजार ४८८ विभिन्न सामुदायिक वनहरूले आम्दानी गरेका छन् ।विगत तीन वर्षमा जिल्लामा लगातार काठ दाउरा उत्पादनमा वृद्धि हुँदै आएको तथ्याङ्क छ । आव २०७९र८० मा विभिन्न जातका तीन लाख ५२ हजार दशमलव ८१ क्युफिट काठ उत्पादन भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend