images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा...

महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक

महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • कञ्चनपुर । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए।

    images
    images

    उनकाअनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सरी साधन आवतजावतमा रोक लगाइएको हो । दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend