images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • कमजोर हुँदै मनसुन : यी क्षेत्रमा...

कमजोर हुँदै मनसुन : यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम

कमजोर हुँदै मनसुन : यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुने देखिन्छ ।शुक्रबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश पहाडी भू-भागको थोरै स्थानहरूमा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    images
    images

    आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती. पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।शुक्रबार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालिकोट, बाजुरा, बझाङ, डोल्पा, मुगु, हुम्ला, दार्चुला, र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।532350397_122189142968355476_5913389925566793519_n532462446_122189142986355476_6367966181719520648_n

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend