images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • दक्षिण कोरियामा सैनिकको सङ्ख्या घट्दो ,जन्मदर...

दक्षिण कोरियामा सैनिकको सङ्ख्या घट्दो ,जन्मदर पनि घट्दै

दक्षिण कोरियामा सैनिकको सङ्ख्या घट्दो ,जन्मदर पनि घट्दै

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • सोल । दक्षिण कोरियामा घट्दो जन्मदरको प्रत्यक्ष असर सेनाको जनशक्तिमा देखिन थालेको छ। पछिल्ला छ वर्षमा देशको सैन्य बल २० प्रतिशतले घटेको नयाँ प्रतिवेदनले खुलासा गरेको हो।रक्षा मन्त्रालयको प्रतिवेदनअनुसार यो कमीको मुख्य कारण युवापुस्ताको घट्दो सङ्ख्या हो, जसले देशको कामकाजी जनशक्ति मात्र होइन, वृद्ध जनसङ्ख्या तीव्र गतिमा बढिरहेको अवस्थासमेत झल्काउँछ।

    images
    images

    सन् २०१९ मा ५ लाख ६३ हजार रहेको सैनिक सङ्ख्या यो वर्ष जुलाईसम्म ४ लाख ५० हजारमा झरेको छ। प्रतिवेदनमा जनसङ्ख्या कमी र सैनिकको ‘व्यवहार र उपचार’ प्रति असन्तुष्टिका कारण सैनिक बन्न इच्छुक पुरुषको सङ्ख्या घटेको उल्लेख छ। यद्यपि उक्त व्यवहारबारे विस्तृत जानकारी दिइएको छैन, तर अघिल्ला अध्ययनहरूले दक्षिण कोरियाली सेनाको कठोर परिस्थितिको चर्चा गरेका छन्।

    प्रतिवेदनले चेतावनी दिएको छ, ‘यदि स्थायी सेनाको सङ्ख्या निरन्तर घटिरह्यो भने उत्कृष्ट जनशक्ति सुनिश्चित गर्न र उपकरण सञ्चालनमा कठिनाइ आउन सक्छ।’यो खबर दक्षिण कोरियाका लागि संवेदनशील समयमा आएको हो। देशमा ठुलो सङ्ख्यामा अमेरिकी सेना तैनाथ छ र वासिङ्टनसँग पारस्परिक रक्षा सम्झौता कायम छ।यसैबिच, छिमेकी उत्तर कोरियाले हजारौँ सैनिकलाई रुसमा युक्रेनको अग्रपङ्क्तिमा पठाएको खबर छ, जसले मस्कोले प्योङयाङसँग उन्नत सैन्य प्रविधि साटासाट गर्ने सम्भावनाबारे चिन्ता बढाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend