images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बेनी नगरपालिका शेरबहादुले डोको, थुन्से र...

बेनी नगरपालिका शेरबहादुले डोको, थुन्से र ढाकर बेचेर पाल्छन् परिवार

बेनी नगरपालिका शेरबहादुले डोको, थुन्से र ढाकर बेचेर पाल्छन् परिवार

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • गलेश्वर(म्याग्दी) । बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउछन् । बाँसका वस्तु बनाउन सिपालु कालीगढ उनले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आएका छन्। आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ । 

    images
    images

    उन्नाइस वर्षको उमेरदेखि  बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन् । डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ । “अझै  जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने । विपन्न परिवारका परियारले काम नगरे  साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ सुनाउछन् । “विगतमा बजारमा बेच्न जानुपर्थ्यो अहिले घरमै ग्राह आउँछन्,” उनले भने । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहे गरिदिए। परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गरेका छन् । एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend