images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • संघीय संसद्का दुई समितिको बैठक आज,...

संघीय संसद्का दुई समितिको बैठक आज, (कार्यसूचीसहित)

संघीय संसद्का दुई समितिको बैठक आज, (कार्यसूचीसहित)

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौंः भदौ २, संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको बैठक आज सिंहदरबारमा बस्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभाका एक–एक समितिका बैठकहरू सम्बन्धित सभाकक्षमा तय गरिएको संसद् सचिवालयले जनाएको छ।

    images
    images

    प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरिने कार्यसूची छ।

    त्यस्तैगरि, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। उक्त बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने जनाइएको छ।

    images
    images

    दुवै बैठक सिंहदरबारस्थित समितिका सभाकक्षमा हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend