काठमाडौंः लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको लायन वर्ष २०२५(२६) को पहिलो क्याबिनेट बैठक शनिबार राजधानी काठमाडौंमा सम्पन्न भएको छ। बैठक डिस्ट्रिक गभर्नर केशर बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा विभिन्न सामाजिक सेवा परियोजनाहरूको प्रस्ताव पारित गरिएको छ। रामेछापस्थित तामाकोशी अस्पताल र धुम्बाराहीस्थित लायन्स वृद्धाश्रमको स्तरोन्नति, जेपी प्रतिष्ठान भवन निर्माणमा सहयोग, साथै कागेश्वरी अस्पतालमा मधुमेह उपचार केन्द्र स्थापनाका विषयमा सहमति जनाइएको छ।
गभर्नर केशर बहादुर भण्डारीले आफ्नो वर्किङ टुगेदरू भन्ने नारालाई साकार पार्दै सबै क्लबहरूलाई एकजुट बनाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सेवा भावले प्रेरित लायन्स सदस्यहरूको योगदानको उच्च मूल्यांकन गर्दै सबैलाई सम्मान समेत गरिएको जानकारी दिए।
मार्केटिङ कोअर्डिनेटर अर्जुन कार्कीका अनुसार उक्त कार्यक्रममा ६०० भन्दा बढी लायन्स सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले आगामी वर्षको सेवा गतिविधि योजनालाई गति दिने अपेक्षा गरिएको छ।




.gif)





