images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • एमालेलाई नेपाल शिक्षक महासङ्घले बुझायो ध्यानाकर्षण...

एमालेलाई नेपाल शिक्षक महासङ्घले बुझायो ध्यानाकर्षण पत्र

एमालेलाई नेपाल शिक्षक महासङ्घले बुझायो ध्यानाकर्षण पत्र

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौँ । नेपाल शिक्षक महासङ्घले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासङ्घले बिहीबार ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । सरकारले आफूहरूसँग गरेको सहमति पूर्ण रुपमा सम्बोधन हुन नसकेकाले सच्याउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।

    images
    images

    शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थित गर्न तयार गरिएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरूको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताए । उनले यसअघि शिक्षक र सरकारबिच भएको सहमति कार्यान्वयनप्रति एमाले प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।पोखरेलले सरकारसँग भएको सहमतिहरू कार्यान्वयन गर्न छुटेको भए राष्ट्रियसभाका माध्यमबाट भए पनि ती विषयहरूलाई समावेश गर्न पहल गर्ने आश्वासन समेत दिए ।

    त्यस्तै महासङ्घकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासङ्घसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन् ।प्रतिनिधिसभा पेस भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको उनले बताइन् । उनले विधेयकमा रहेका असहमतिका बुँदाहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सम्बोधन गर्न राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । महासङ्घले शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend