images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सामसङ नेपालले ल्यायो ‘दसैंको मुड, सबै...

सामसङ नेपालले ल्यायो ‘दसैंको मुड, सबै गुड’ अफर

सामसङ नेपालले ल्यायो ‘दसैंको मुड, सबै गुड’ अफर

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले दसैंको अवसरमा ‘दसैंको मुड, सबै गुड’ अफर घोषणा गरेको छ।भदौ २५ देखि असोज २४ गतेसम्म लागू हुने यो योजनाअन्तर्गत सामसङ टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनमा विशेष छुट र आकर्षक उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ।यस अफरमा ग्राहकले ३५ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक अफर पाउनेछन्। 

    images
    images

    त्यस्तै, ७५ र ८५ इञ्चका क्युएलइडी टिभी किन्दा साउन्डबार उपहार पाउनेछन्। टि, ए, बि, सि, डि र एफ सिरिजका टिभीमा ३ वर्षको फुल वारन्टी र निःशुल्क प्रोफेशनल इन्स्टलेसन सुविधा पनि रहनेछ।सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १९ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक पाइन्छ। छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभनको उपहार पनि पाउन सकिनेछ।सामसङका टप–लोड र फ्रन्ट–लोड वाशिङ मेसिनमा २४ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक प्राप्त गर्न सकिनेछ।  

    योग्य टप–लोड (७ केजीभन्दा माथि) वा ९ किलो फ्रन्ट–लोड किन्दा सर्फ एक्सेल म्याटिक १ किलो, र ८ किलोभन्दा माथिका फ्रन्ट–लोड मोडेलमा सर्फ एक्सेल म्याटिक ६ किलो पाइने कम्पनीले बताएको छ। रेफ्रिजरेटर र वाशिङ मेनमा डिआइटीमा २० वर्षको वारन्टी दिइने छ र सबै मोडलमा निशुल्क इन्स्टलेसन सुविधा उपलब्ध छ।ग्राहकले पुराना होम अप्लायन्ससँग नयाँ साट्न मिल्ने सुविधा पनि कम्पनीले ल्याएको छ। त्यस्तै, किस्ताबन्दी सुविधामा पनि टिभी तथा होम अप्लायन्स किन्न सकिने छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend