images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका...

गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई राजस्वमा पठाउने निर्णय

गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई राजस्वमा पठाउने निर्णय

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ ।मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना बरामद गरेको थियो । गोरखा नगरपालिका वडा नम्बर–६ घर भएर गोंगबुमा बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले  बताए । उनले भने, ‘बरामद नगद र सुनका गहना सहित आरोपीलाई राजस्वमा पठाउँछौँ ।’

    images
    images

    श्रेष्ठको घरमा चामलको बोरामा लुकाएर राखेको नगद र सुनका गहना भेटिएको थियो । ७६ वर्षीय श्रेष्ठले छोराहरूको ‘एडिबी’ नामको कम्पनी रहेको र बैंकबाट ९ लाखभन्दा धेरैको कारोबार गर्न नमिल्ने भएका कारण घरमा नै नगद राखेको प्रहरीसँग बताएका छन् । उनले धरौटीको रूपमा सुन राखेर पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनको घरबाट प्रहरीले ३ केजी २१८ ग्राम चाँदी पनि बरामद गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend