images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • पोखरामा दुग्ध विकास संस्थान स्थापना गर्ने...

पोखरामा दुग्ध विकास संस्थान स्थापना गर्ने सरकारी निर्णयप्रति डेरी एसोसिएसनको आपत्ति

पोखरामा दुग्ध विकास संस्थान स्थापना गर्ने सरकारी निर्णयप्रति डेरी एसोसिएसनको आपत्ति

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं । नेपाल डेरी एसोसिएसनले पोखरामा दुग्ध विकास संस्थान (डीडीसी) पुनः स्थापना गर्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै  सरकारको यो निर्णय निजी क्षेत्रलाई हतोत्साहित गर्ने खालको रहेको भन्दै तत्काल सच्याउन माग गरेको छ।

    images
    images

    एसोसिएसनले अर्बौको लगानीमा हजारौं रोजगारी सृजना भई रहेको समयमा पुनः दुग्ध विकास संस्थान पोखरा पुनः स्थापना गर्ने निर्णयले निजी क्षेत्रलाई निरुत्साहित तुल्याएको साथै यो शंकास्पद समेत देखिएको बताएको छ । देशको अर्थतन्त्रको सबलीकरणका लागि राज्यले लिने आर्थिक नीतिले निजी, सरकारी र सहकारी क्षेत्रको भूमिकालाई प्रबर्द्धन गर्नु अनिवार्य रहेको र यस क्रममा उदारीकरण, खुला बजार र स्वस्थ प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व रहेको एसोसिएसनले जनाएको छ ।

    विगतमा निजीकरण नीति अन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको विकास संस्थानले कास्की जिल्लामा स्थित पोखराको दुग्ध प्रशोधन र प्याकेजिङ्ग प्लाट दुई दशक अघि नै निजी क्षेत्रमा हस्तान्तरण गरिसकेको थियो। यसका कारण हाल पोखरामा निजी दुग्ध व्यवसायहरूले अर्बौंको लगानी गर्दै हजारौं रोजगारी सिर्जना गरिसकेका छन्।नेपाल डेरी एसोसिएसनले दुग्ध व्यवसायी, सहकारी संस्था तथा सरोकारवालाहरूको साझा चिन्ता सरकारसमक्ष पु¥याउँदै स्वरोजगार र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend