काठमाडौँ । भदौ २६, हाल देशको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै नेपाल आर्मीले भक्तपुरदेखि भद्रकालीसम्मको क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। बाटोबाटोमा सेना तैनाथ छन् भने प्रायः पसलहरू बन्द अवस्थामा छन्। बिहानैदेखि परेको वर्षाका बीचमा सुरक्षाकर्मीहरूले चाउचाउ खाएर ड्युटी गरिरहेका देखिन्छन्।
सामान्य जनजीवन केही प्रभावित भए पनि सुरक्षा अवस्था हाललाई सामान्य रहेको देखिन्छ। यस्तो कठिन परिस्थितिमा पनि नेपाली सेनाका जवानहरू खटिरहेका छन्, जसले जनताको सुरक्षालाई प्राथमिकतामा राखेका छन्।
स्थानीय नागरिकले आआफ्नो ठाउँबाट सेनालाई सक्दो सहयोग गर्ने प्रयास गरिरहेका छन्। एक स्थानीय सामाजिक अभियन्ताले जानकारी दिए अनुसार, सेनाका लागि ड्राइफुड (खाजा) र पिउने पानीको व्यवस्था गर्न इच्छुक स्पोन्सरहरूलाई सहयोगका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ।
यो अवस्थामा हाम्रो सानो सहयोग पनि उनीहरूको लागि ठूलो राहत बन्न सक्छ, उनी भन्छन्।
यदि तपाईंले पनि सहयोग गर्न सक्नुहुन्छ भने, पहल गरेर आफ्नो योगदान दिनुहोस्। संकटका घडीमा सशस्त्र फौज प्रति हाम्रो कर्तव्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ।




.gif)





