images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • गगन थापाको सुझावः जेनजी आन्दोलन संविधानभित्रै...

गगन थापाको सुझावः जेनजी आन्दोलन संविधानभित्रै रहनुपर्छ।

गगन थापाको सुझावः जेनजी आन्दोलन संविधानभित्रै रहनुपर्छ।

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • काठमाडौँ । भदौ २६, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलन प्रति समर्थन जनाउँदै उक्त आन्दोलनलाई संविधानको दायराभित्रै समाधान खोज्न सुझाव दिएका छन्।

    images
    images

    बिहीबार सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा थापाले आन्दोलनमा संलग्न युवाहरूप्रति सन्देश दिँदै भने, “भोलि देश चलाउने तपाईंहरू नै हो, संविधानमै टेकेर अघि बढौं, हामी साथ दिन तयार छौं।”

    उनले २०६२–६३ को जनआन्दोलनबाट प्राप्त संविधान सबै पक्षको सहमतिमा बनेको स्मरण गराउँदै त्यसको निरन्तरतामा कुनै प्रकारको सम्झौता हुन नहुने स्पष्ट पारे। “परिवर्तनको नेतृत्व जेनजीले गर्न सक्छन्, तर त्यो संविधानको दायरा भित्रै हुनुपर्छ,” थापाले भने।

    images
    images

    महामन्त्री थापाले नयाँ सरकारले शक्तिशाली छानबिन आयोग गठन गरी दोषी माथि कडा कारबाही गर्नुपर्ने माग समेत राखे। उनका अनुसार वर्तमान परिस्थितिमा जवाफदेही व्यवस्था स्थापना गर्नु अत्यावश्यक छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend