images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • काठमाडौँमा निषेधाज्ञा र कर्फ्यु हटाइयो, केही...

काठमाडौँमा निषेधाज्ञा र कर्फ्यु हटाइयो, केही निषेधित क्षेत्र यथावत

काठमाडौँमा निषेधाज्ञा र कर्फ्यु हटाइयो, केही निषेधित क्षेत्र यथावत

images
images
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौँ । भदौ २८, काठमाडौं जिल्ला सुरक्षा समितिले राजधानीमा जारी निषेधाज्ञा र कर्फ्यु हटाउने निर्णय गरेको छ। शनिबार बिहान बसेको जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्था समीक्षा गर्दै उक्त निर्णय लिएको हो।

    images
    images

    काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार अब काठमाडौं उपत्यकामा सामान्य आवागमनमा कुनै प्रतिबन्ध छैन। तर, विगतदेखि केही संवेदनशील स्थानहरूमा प्रदर्शन तथा आन्दोलन रोक्न लगाइएको निषेधित क्षेत्र भने यथावत राखिएको छ।

    सामान्य निषेधाज्ञा र कर्फ्यु हटाइएको हो, तर विशेष स्थानहरूमा सुरक्षा संवेदनशीलता हेरी निषेधित क्षेत्र कायमै राखिएको छ, एसएसपी अधिकारीले जानकारी दिए।

    images
    images

    सुरक्षाकर्मीहरूले काठमाडौंका विभिन्न स्थानमा गस्ती बढाउने र शान्ति सुरक्षामा खलल पर्ने गतिविधिमा निगरानी कायम राख्ने बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend