images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सिमकोट गाउँपालिका–८ ले सुरु गर्‍यो आफ्नै...

सिमकोट गाउँपालिका–८ ले सुरु गर्‍यो आफ्नै भवनबाट सेवा

सिमकोट गाउँपालिका–८ ले सुरु गर्‍यो आफ्नै भवनबाट सेवा

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • हुम्ला । भौगोलिक रूपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह सुरु गरेको छ । दुई वर्षमा निर्माण गरिएको सुविधा सम्पन्न भवनबाट वडा कार्यालय सञ्चालन गरिएको हो । दुई तलाको नयाँ वडा कार्यालय भवनमा आठ वटा कोठा रहेको वडाध्यक्ष कमल बुढाले जानकारी दिए ।

    images
    images

    यसअघि सीमित कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा असजिलो हुने गरेकामा नयाँ र सुविधासम्म भवन निर्माण पछि सहज भएको उनले बताए । यसैगरी छिमेकी नाम्खा गाउँपालिकाले सहयोग गरेको सौर्य ऊर्जाले काम गर्न झनै सहज बनाएको उनको भनाइ छ । विद्युत्को व्यवस्था भएपछि केही दिन अगाडिदेखि इन्टरनेट सेवा पनि जडान गरिएको छ । हाल वडा कार्यालयमा एक वडा सचिव र दुई जना कार्यालय सहयोगी कार्यरत छन्  । सो वडाका सेवाग्राही जैमल बुढाले नयाँ भवनदेखि सेवा प्रवाह हुन थालेपछि सजिलो अनुभव गरेको बताए । यो भवन रु ७४ लाखमा निर्माण गरिएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend