images

२०८३ आश्विन २ गते

images
images
images

पृथ्वी राजमार्गमा पेट्रोलको अभाव समाधान,

पृथ्वी राजमार्गमा पेट्रोलको अभाव समाधान,

images
images
शनिवार, आश्विन ११ २०८२
शनिवार, आश्विन ११ २०८२
  • काठमाडौँ । असोज ११, नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव अब समाधान भइसकेको जनाएको छ।

    images
    images

    मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध हुँदा इन्धनको नियमित ढुवानी प्रभावित भएर अधिकांश पेट्रोल पम्पले सेवा दिन सकेका थिए। तर अहिले बाटो खुल्ला भएसँगै ढुवानी पुनः नियमित भई आपूर्ति सहज भएको निगमले जनाएको छ।

    निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणबाट पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराइन्छ।

    images
    images

    अब राजमार्ग क्षेत्रका सर्वसाधारणले सहज रूपमा पेट्रोलियम पदार्थ प्राप्त गर्न सक्ने अवस्था कायम भएको निगमको दाबी छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend