images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • काठमाडौँले रातको समयमा अनावश्यक रूपमा आउजाउँ...

काठमाडौँले रातको समयमा अनावश्यक रूपमा आउजाउँ नगर्न अनुरोध

काठमाडौँले रातको समयमा अनावश्यक रूपमा आउजाउँ नगर्न अनुरोध

images
images
शुक्रवार, आश्विन १७ २०८२
शुक्रवार, आश्विन १७ २०८२
  • काठमाडौँ । असोज १७, जिल्ला प्रशासन कार्यालय, काठमाडौँले हालको मौसमी प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

    images
    images

    प्रशासनले एक सूचना जारी गर्दै आवश्यक नपरी काठमाडौँबाट बाहिर जाने वा बाहिरबाट काठमाडौँ प्रवेश गर्ने कार्य नगर्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ।

    यात्राका क्रममा हुने जोखिमलाई न्यूनीकरण गर्न र आपतकालीन अवस्थालाई ध्यानमा राख्दै प्रशासनले यस्तो आग्रह गरेको हो। सूचनामा थप भनिएको छ कि विपद्‌को समयमा उद्धार, राहत वा सहयोग आवश्यक परेमा सम्बन्धित निकाय सँग तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।

    images
    images

    प्रशासनले निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छः

    जिल्ला प्रहरी परिसर, काठमाडौँः १६६०–०१–४१५१६,९८५१२८३०२६,०१–५७२१०१७
    सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार गण, सिनामंगलः ९८५१२७२०३५,०१–४४७१३३७
    जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रः ९८५१३६२९३७
    प्रशासनले नागरिकलाई सजग रहनुका साथै आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरेको छ।null

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend