images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सप्तरीमा डुबानमा फसेका २० जनाको नेपाली...

सप्तरीमा डुबानमा फसेका २० जनाको नेपाली सेनाद्वारा उद्धार

सप्तरीमा डुबानमा फसेका २० जनाको नेपाली सेनाद्वारा उद्धार

images
images
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • काठमाडौँ । असोज २०, नेपाली सेनाले सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–६ स्थित बोचही पोखरिया टोलमा डुबानमा फसेका २० जनाको सफलतापूर्वक उद्धार गरेको छ।

    images
    images

    राजविराजस्थित बरख गणको सुरक्षा बेस सप्तरीबाट खटिएको १४ जनाको टोलीले सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई सुरक्षित स्थानमा पुर्‍याएको हो। बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्दका अनुसार उद्धार गरिएका सबैलाई स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ।

    लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नगरपालिका–६ अन्तर्गतको बोचही पोखरिया बस्ती डुबानमा परेको छ। बाढीको जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए।

    images
    images

    हाल पनि सप्तरीका तटीय क्षेत्रहरूमा बाढीको जोखिम कायमै रहेकाले थप उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले जानकारी दिए।

    उक्त क्षेत्रमा अहिले पनि सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend