काठमाडौँ । असोज २७, आज देशभरमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
विशेष गरी कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। अन्य प्रदेशहरूमा भने खासै मौसमीय गतिविधि नदेखिने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार हाल देशभर मौसम सामान्य अवस्थामा रहेकाले दैनिक जनजीवनमा मौसम म्बन्धी विशेष सावधानी आवश्यक नरहेको जनाइएको छ।




.gif)





