images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • स्थानीय गाई बचाउन पशुपतिनाथ मन्दिरमा गो...

स्थानीय गाई बचाउन पशुपतिनाथ मन्दिरमा गो संरक्षण सहस्र अर्चना

स्थानीय गाई बचाउन पशुपतिनाथ मन्दिरमा गो संरक्षण सहस्र अर्चना

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • काठमाडौँ । पशुपतिनाथका मूलअर्चक गणेश भट्टले स्थानीय गाई संरक्षणको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा ‘गो संरक्षण सहस्र’ अर्चना गरेका छन् ।गोपाष्टमी पर्वका अवसरमा गोवंश संरक्षण अभियानले बुधबार गोरखा जिल्लाबाट सुरु गरेको गो  संवर्द्धन रथयात्रा पशुपतिनाथ आइपुगेपछि आज बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरिएको हो । पशुपतिनाथको ज्योतिर्लिङ्ग चर्ने क्रममा स्थानीय गाईले पत्ता लगाएको धार्मिक विश्वास छ । 

    images
    images

    गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्ली, चुँदीघाटमा रहेको ओमकार योग आयुर्वेद गुरुकुलको संयोजनमा बुधबार बिहान ८ः ०० बजेको साइतमा गोरखा दरबार क्षेत्रस्थित गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा आराधना गरी गो संवर्द्धन यात्रा सुरु भएको थियो । यात्राका क्रममा आज बिहान मैतीदेवीस्थित गोदा वेणुगोपाल मन्दिरमा गाईको पूजा आराधना गरी राजधानीका विभिन्न भागमा घुमाइएको थियो । थापाथलीस्थित राम मन्दिर र गोरखनाथ मन्दिर परिसरमा पनि गोरखाबाट ल्याइएको स्थानीय गाईको विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज बिहान पशुपतिनाथ मन्दिरसम्म यात्रा गरी मूल भट्टले पूजा आराधनासहित गाई संरक्षणको कामना गरिएको थियो । 

    यात्रा सकिएसँगै स्थानीय गाईको संरक्षणका लागि राष्ट्रिय समिति गठन गरिने कार्यक्रम संयोजक एवं ओमकार योग आयुर्वेद गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले जानकारी दिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend