मकवानपुर । कात्तिक १६, बागमती प्रदेश सरकारले वन सेवातर्फका १४ जना उपसचिवको सरुवा गरेको छ। प्रमुख सचिव भूपाल बरालले प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत यी उपसचिवस्तरीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गर्नुभएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश वन सेवा, जनरल फरेष्ट्री र भू तथा जलाधार व्यवस्थापन समूहका दशौँ र नवौँ तह (उपसचिव) का अधिकृतहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो।
सरुवा सूचीअनुसारः
अजय विक्रम मानन्धर, डिभिजन वन कार्यालय मरिण ९सिन्धुली० बाट वन तथा वातावरण मन्त्रालय, हेटौंडा
थिर बहादुर कार्की, डिभिजन वन कार्यालय चितवनबाट वन निर्देशनालय, हेटौंडा
विष्णु प्रसाद आचार्य, धादिङबाट चितवन
विश्व कोइराला, भक्तपुरबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर)
रोशना पोखरेल, नुवाकोटबाट धादिङ
कृष्णराज न्यौपाने, दोलखाबाट मरिण, सिन्धुली
प्रदीपनाथ शर्मा, नुवाकोट
श्रद्धा सिग्देल, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरीबाट भक्तपुर
अनिल रेग्मी, मन्त्रालयबाट दोलखा
मोहन के.सी., वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरीबाट मन्त्रालयमा
भू तथा जलाधार व्यवस्थापन समूहतर्फः
प्रदीप नारायण श्रेष्ठ, धादिङबाट सिन्धुपाल्चोक
सञ्जीव सुवेदी, नुवाकोटबाट ललितपुर
महेश पौडेल, दोलखाबाट नुवाकोट
त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेकी डिभिजन वन अधिकृत विमला लम्साललाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर) मा पठाइएको छ।




.gif)





