images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • अफगानिस्तान भूकम्प अपडेट : मृत्यु हुनेको...

अफगानिस्तान भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २० पुग्यो

अफगानिस्तान भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २० पुग्यो

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काबुल । उत्तरी अफगानिस्तानमा गएराति आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार मृतकको संख्या अझ बढ्ने अनुमान गरिएको छ, किनभने उद्धार तथा राहत कार्य निरन्तर जारी छ ।तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरका अनुसार भूकम्पमा २० जनाभन्दा बढीको मृत्यु भएको र ३२० जनाभन्दा बढी घाइते भएका छन् ।

    images
    images

    भूकम्प आइतबार राति र सोमबार बिहानको बीचमा, स्थानीय समय अनुसार बिहान १ बजे मजार–ए–शरिफ आसपासको क्षेत्रमा गएको थियो । सो क्षेत्रमा करिब पाँच लाख मानिस बसोबास गर्छन् ।अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड रहेको र यसको गहिराइ २८ किलोमिटर मापन गरिएको थियो । एजेन्सीले अरेञ्ज अलर्ट जारी गरेको थियो, जसको अर्थ ठूलो जनधन क्षतिको सम्भावना रहेको जनाइन्छ ।

    बाल्ख प्रान्तको शोलगरा जिल्लामा धेरै व्यक्ति घाइते भएको तालिबानका प्रवक्ता हाजी जैदले बताएका छन् । उनका अनुसार धेरैजसो मानिस अग्ला भवन र संरचनाबाट खसेर घाइते भएका हुन् ।प्रभावित क्षेत्रहरूमा उद्धार टोली परिचालन गरिएको र पीडितहरूलाई अस्पताल पुर्‍याउने काम जारी रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend