images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • दोलखाको चरिकोटमा नेपाली सेनाद्वारा सामुदायिक विपद्...

दोलखाको चरिकोटमा नेपाली सेनाद्वारा सामुदायिक विपद् प्रतिकार्य डेमोस्ट्रेशन सम्पन्न

दोलखाको चरिकोटमा नेपाली सेनाद्वारा सामुदायिक विपद् प्रतिकार्य डेमोस्ट्रेशन सम्पन्न

images
images
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौँ । कार्तिक २९, नेपाली सेनाले शुक्रबार दोलखा सदरमुकाम चरिकोटमा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी डेमोस्ट्रेशन कार्यक्रम सम्पन्न गरेको छ। नेपाली सेनाको गरुड दल गणले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा चरिकोटका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    images
    images

    गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालका अनुसार दोलखा जिल्ला प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्को उच्च जोखिम क्षेत्र भएकाले विद्यार्थी तथा समुदायलाई सचेतना दिलाउन यो कार्यक्रम सञ्चालन गरिएको हो। उनले यस्तो प्रकारका डेमोस्ट्रेशन गतिविधिहरू नेपाली सेनाले विभिन्न स्थानमा निरन्तर सञ्चालन गर्दै आएको पनि बताए।

    कार्यक्रममा आगलागी, ग्यास चुहावटका कारण हुने आगलागी, बिजुली पोलमा लाग्ने आगलागी, भूकम्प जस्ता घटनाहरूमा कसरी सुरक्षित रहने भन्नेबारे व्यावहारिक डेमो प्रस्तुत गरिएको थियो। साथै प्राथमिक उपचारका तरिका र आवश्यक सावधानीबारे समेत सैनिक टोलीले प्रदर्शन गरेको थियो।

    images
    images

    सो अवसरमा विद्यार्थीहरूले प्राकृतिक विपद्, त्यसको रोकथाम तथा सुरक्षित उद्दारका विधिबारे नाटक समेत प्रस्तुत गरेका थिए।

    कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवाल, प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, सशस्त्र प्रहरीका नायव उपरीक्षक, पत्रकार, नागरिक समाजका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend