images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • गोदाममै थन्कियो झन्डै डेढ हजार मेट्रिक...

गोदाममै थन्कियो झन्डै डेढ हजार मेट्रिक टन रासायनिक मल

गोदाममै थन्कियो झन्डै डेढ हजार मेट्रिक टन रासायनिक मल

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • कञ्चनपुर ।  हिउँदे बाली लगाउनका लागि ल्याइएको रासायनिक मल बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । कञ्चनपुरको कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगरमा हिउँदे बालीका लागि ल्याइएको रासायनिक मल सहकारी संस्थाहरूले नलगेपछि गोदाममै थन्किएको हो ।जिल्लाका ३० बढी बिक्रेता संस्था (सहकारी) ले युरिया र डिएपी मल नलगेकाले गोदाममा एक हजार चार सय ७४ मेट्रिक टनभन्दा बढी रासायनिक मल गोदाममै थन्किएको कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगरका शाखा प्रमुख हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय सहकारी संस्थाले बजेट अभाव तथा गोदामको समस्या देखाउँदै कोटाको मल समेत लगेका छैनन् । यसरी मल नलग्ने बिक्रेताहरूमा सबैभन्दा बढी भीमदत्त नगरपालिकाभित्रका रहेका छन्।
     
    “हामीहरूले पनि आएको मलमा कति बिक्री भयो भनेर प्रदेशमा खबर गर्नुपर्छ,” शाखा प्रमुख जोशीले भन्नुभयो “तर यहाँ न सहकारीहरू मल लिन आउँछन्, न त पालिकाले नै त्यसको तथ्याङ्क लिएर पठाउने गरेको छ ।”कञ्चनपुरमा अनुदानको मल बिक्रीका लागि एक सय ५४ वटा सहकारी संस्था दर्ता भएका छन् । जसमध्ये एक सय १० वटा सहकारीले नवीकरण गरेका छन् भने १२ वटा सहकारी संस्था निष्क्रिय छन् ।कार्यालयका अनुसार अहिले दैनिक एक सय ७५ मेट्रिक टन रासायनिक मल आयात हुने गरेको छ भने ७० देखि ८० मेट्रिक टन मात्रै खपत हुने गरेको छ । यसले गोदाममा मल भण्डारण गर्न समेत ठाउँ अपुग हुने अवस्था सृजना भएको कार्यालयले जनाएको छ । तर मल लग्नका लागि पालिका तथा बिक्रेता संस्थाहरूलाई पटक पटक ताकेता गरे पनि बेवास्ता गर्ने गरेको शाखा प्रमुख जोशीको भनाई छ ।
     
    “हामीले धेरै पटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल लिन नआएपछि उनीहरूको भागको मल गोदाममै राख्नुपरेको छ”, जोशीले भन्नुभयो “यसले गोदाम भरिएर दैनिक आउने मल भण्डारणका लागि पनि समस्या हुने अवस्था सृजना भइसक्यो । ”उहाँका अनुसार स्थानीय तहले मल वितरणका लागि सहकारी संस्थाहरू छनौट गर्दा राजनीतिक पहुँचका आधारमा गर्ने गरेकाले यस्तो समस्या देखिएको हो ।कम्पनीले अहिलेसम्म दुई पटक गरी मल वितरण गरेको छ । कृषि सामग्री लिमिटेडले साउनदेखि अहिलेसम्म दुई हजार चार सय ६६ मेट्रिक टन मल वितरण गरिसकेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend