images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • चार महिनामा उद्योग क्षेत्रमा आयो साढे...

चार महिनामा उद्योग क्षेत्रमा आयो साढे ३६ अर्बभन्दा बढी वैदेशिक लगानी

चार महिनामा उद्योग क्षेत्रमा आयो साढे ३६ अर्बभन्दा बढी वैदेशिक लगानी

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले उद्योग क्षेत्रमा साढे ३६ अर्बभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ ।उद्योग विभागले ०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उद्योग क्षेत्रमा ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको हो ।बितेको चार महिनामा विभागले ३८२ वटा साना, मझौला र ठूला उद्योगमा लगानी स्वीकृत गरेको हो । यस अवधिमा ३६९ साना, ६ मझौला र ७ ठूला उद्योगमा आएको लगानी स्वीकृत भएको छ ।

    images
    images

    गत कात्तिक महिनामा मात्र साना, मझौला र ठूला ७१ वटा उद्योगमा एक अर्ब ५४ करोड ३९ हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको छ ।विभागका अनुसार, पछिल्लो चार महिनामा कृषिमूलक १३ उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ, पर्यटकमूलक ११८ उद्योगमा आठ अर्ब ९४ करोड २० लाख ५० हजार रुपैयाँ र सेवामूलक २३ उद्योगमा तीन अर्ब ९ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ ।यस्तै, उत्पादनमूलक २१ वटा उद्योगमा एक अर्ब ६५ करोड २० लाख रुपैयाँ, सूचना प्रविधिमूलक २०५ उद्योगमा ८७ करोड ४३ लाख ८६ हजार रुपैयाँ, ऊर्जामूलक एउटा उद्योगमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ र खनिज उद्योगमा ४ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको विभागको तथ्यांकले देखाउँछ ।

    विभागले हालसम्म कुल सात हजार ६२१ उद्योगमा ६ खर्ब ८६ अर्ब ५ करोड ८० लाख ७१ हजार १०० रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend