images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नेपाली सेनाद्वारा आयोगलाई विवरण पठाउन र...

नेपाली सेनाद्वारा आयोगलाई विवरण पठाउन र बयान दिन अस्वीकार

नेपाली सेनाद्वारा आयोगलाई विवरण पठाउन र बयान दिन अस्वीकार

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौं।जेनजी आन्दोलनको छानबिन गरिरहेको आयोगलाई नेपाली सेनाले मागिएका कुनै पनि विवरण नपठाउने र बयानका लागि अधिकारीहरू उपस्थित नहुने स्पष्ट अडान लिएको छ।सेनाका अनुसार आयोगले मागेको फौज तैनाथीसम्बन्धी तथ्य–सामग्री सैनिक ऐन तथा विधानले तोकेको दायराभन्दा बाहिर पर्छ। “सेना चेन–अफ–कमान्डको संरचनामा चल्छ। सैनिक ऐनले यस्तो आयोगलाई मान्यता दिएको छैन,” सेनाको भनाइ उद्धृत गर्दै स्रोतहरूले बताए।

    images
    images

    आयोगले हालै जेनजी आन्दोलनका बेला सुरक्षाकर्मी तैनाथी, परिचालन आदेश, निर्णय प्रक्रिया तथा त्यसमा संलग्न अधिकारीहरूका बयान माग गरेको थियो। तर सेनाले औपचारिक रूपमा पत्र पठाउँदै आफ्नो संस्थागत सीमाभित्र यस्तो जानकारी पेस गर्न नपाइने जनाउँदै सहयोग नदिने संकेत गरेको छ।आयोगका अधिकारीहरूले सेनाबाट प्रत्यक्ष सहकार्य नआए पनि छानबिन अन्य स्रोतका आधारमा अघि बढाइने बताएका छन्। “राज्य संयन्त्रका सबै निकायको सहयोग अपेक्षित छ, तर सहयोग नआए पनि कानुनले दिएको सीमाभित्र काम अघि बढ्छ,” आयोगको भनाइ छ।जेनजी आन्दोलनका घटनासम्बन्धी सत्यतथ्य पहिचान गर्न गठन गरिएको आयोग र सेनाबीचको यो टकरावले छानबिन प्रक्रिया थप जटिल बन्ने अनुमान गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend