images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी...

व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन

व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • काठमाडौँ । व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई आन्तरिक राजस्व विभागले निर्देशन दिएको छ।विभागले जारी गरेको निर्देशनमा सूचक संस्था (सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी) ले आफ्नो कारोबार गर्दा व्यवसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ।

    images
    images

    ‘सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी, परिवारका सदस्य वा अन्य कुनै व्यक्तिको बैंक तथा वित्तीय संस्थामा रहेको खाता प्रयोग गर्न पाइँदैन,’ निर्देशनमा भनिएको छ, ‘सूचक संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट रकम भुक्तानी लिनुपर्नेछ।’यदि विद्युतीय माध्यममार्फत हुने भुक्तानीमा कुनै सीमा रहेको भएमा बहुमूल्य धातु वा वस्तुको खरिद–बिक्री गर्ने सूचक संस्थाको सन्दर्भ उल्लेख गरी त्यसमा थप हुने व्यवस्था गर्न विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ।यसरी उल्लिखित निर्देशन पालना नगरेको भेटिएमा कानुनअनुसार कारबाही हुने र एक करोड रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था निर्देशनमा छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend