images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा...

हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा क्यापिटलको केन्द्रीय कार्यालय का.म.न.पा, कमलादी २८, काठमाडौंमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १५ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ ।

    images
    images

    कार्यक्रममा आर्थिक वर्ष २०८१ /८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका शेयरधनीहरु, ग्राहक महानुभावहरु र सरोकारवालाहरुलाई वहाँहरुको निरन्तर साथ र सहयोगको लागी हार्दिक आभार व्यक्त गर्नुभयो ।प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रि प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहर ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १५ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ ।कार्यक्रममा आर्थिक वर्ष २०८१ /८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका शेयरधनीहरु, ग्राहक महानुभावहरु र सरोकारवालाहरुलाई वहाँहरुको निरन्तर साथ र सहयोगको लागी हार्दिक आभार व्यक्त गर्नुभयो ।संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    images
    images

    हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रि प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहर ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend