images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सडक डिभिजन काठमाडौँद्वारा तीन सय किलोमिटर...

सडक डिभिजन काठमाडौँद्वारा तीन सय किलोमिटर सडकमा ‘रोड मार्किङ’

सडक डिभिजन काठमाडौँद्वारा तीन सय किलोमिटर सडकमा ‘रोड मार्किङ’

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौँ । सडक डिभिजन काठमाडौँले उपत्यकाका मुख्य सडकहरूमा ट्राफिक चिह्न तथा सडक रङरोगन (रोड मार्किङ) को कामलाई तीव्रता दिएको छ । डिभिजनले चालु आर्थिक वर्षको पुस मसान्तभित्र काठमाडौँका ‘कोर एरिया’ का करिब ३०० किलोमिटर सडकमा मार्किङको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।सडक डिभिजन काठमाडौँका प्रमुख सुवोध देवकोटाका अनुसार सडक रङरोगन तथा मार्किङका लागि यो वर्ष ३ करोड रुपैयाँको ठेक्का लगाइएको छ । विगतका वर्षहरूमा आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तमा मात्र हतारमा काम हुने गरेको गुनासो आउने गरेकोमा यसपटक हिउँदको सुरुवातमै काम थालिएको हो । ‘अहिले काठमाडौँका सडकहरूमा जेब्रा क्रसिङ, सेन्टर लाइन र लेन छुट्याउने पहेँलो रङ (यल्लो मार्किङ) लगाउने काम भइरहेको छ,’ देवकोटाले भने ।

    images
    images

    साथै, रातिको समयमा सवारी चालकलाई सहज होस् भनेर फुटपाथको किनारामा कालो र सेतो रङ लगाउने काम पनि भइरहेको प्रमुख देवकोटाले जानकारी दिए ।‘लामो सयमसम्म नभएको काम अहिले हामीले समयमै सुरु गरेका छौँ,' देवकोटाले भने, 'अहिले भइरहेको काम हामी पुस मसान्तसम्ममा पूर्ण रूपमा सम्पन्न गर्नेछौँ ।’सडक डिभिजनले काठमाडौँका मुख्य चोकहरूमा यात्रु तथा चालकको सहजताका लागि ‘इन्फर्मेसन बोर्ड’ (सूचना पाटी) राख्ने तयारी पनि गरेको छ । गौशाला, बानेश्वरजस्ता मुख्य चोकहरूमा एयरपोर्ट वा अन्य गन्तव्य कति टाढा छ र कता जानुपर्छ भन्ने जानकारी दिने बोर्डहरू राखिनेछ ।यसका लागि अहिले बजेट व्यवस्थापन र डिजाइनको काम भइरहेको र छिट्टै विस्तृत योजना सार्वजनिक गरिने प्रमुख देवकोटाले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend