images

२०८३ आश्विन २ गते

images
images
images

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • धनुषा, ३ पुसः मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई।दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।

    images
    images

    अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका निमित्त प्रमुख सचिव रामकुमार महतोले जानकारी दिनुभयो । पदीय मर्यादा अनुरूप काम नगरेको पाइएका दुई जना उपसचिव लगायत विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारी सहित ७२ जना कारबाहीमा परेको उनले बताए।
     
    कर्मचारीले लापरबाही गरेको जनगुनासो बढेपछि जनकपुरधामस्थित प्रदेश सरकारका  विभिन्न मन्त्रालय र मातहतका १८ वटा कार्यालयमा लगातार दुई दिन गरेको छड्के अनुगमनको क्रममा बिदा स्वीकृतिबिना नै घर बसेका ३४ जना र तोकिएको पोसाक नलगाइ कार्यस्थलमा उपस्थित भएको पाइएका ३८ जनालाई कारबाही गरिएको हो । 

    त्यस क्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका नौ जना, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका चार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तीन, शिक्षा तथा संस्कृति मनत्रालयका पाँच, गृह सञ्चार तथा कानुन मन्त्रालय एक, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ, वन तथा वतावरण मन्त्रालयका छ, भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच, ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालयका तीन जना लगायत विभिन्न कार्यालयका कर्मचारीहरू कारबाहीमा परेका हुन् । 

    images
    images

    प्रदेश सरकार मातहतका आठै जिल्लामा रहेका कार्यालयको छड्के अनुगमनलाई निरन्तरता दिइने निमित्त मुख्य सचिव महतोले बताउनुभएको छ ।  यसअघि सरकारी काम कारबाहीलाई चुस्तदुरूस्त र प्रभावकारी बनाउने उद्देश्यसहित मुख्यसचिव महतोले २३ बुँदे निर्देशन जारी गर्नुभएको थियो ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend