images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • पुस ११ मा काठमाडौँ महानगरकाे नगरसभा...

पुस ११ मा काठमाडौँ महानगरकाे नगरसभा आह्वान

पुस ११ मा काठमाडौँ महानगरकाे नगरसभा आह्वान

images
images
शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको १८औँ नगरसभा आगामी पुस ११ गतेका लागि आह्वान गरिएको छ । महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आइतबार बसेको ४४औँ कार्यपालिका बैठकले नगरसभाको अधिवेशन मिति तय गरेको हो ।बैठकमा प्रशासन, पूर्वाधार, वातावरण, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र सम्पदा लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित ३० वटा प्रस्ताव र विविध २ गरी ३२ वटा विषयमाथि निर्णयहरू भएका छन् ।

    images
    images

    शिक्षा र पूर्वाधारमा विशेष जोड

    बैठकले निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरूलाई आवश्यक बजेट निकासा दिने निर्णय गरेको छ । विद्यालयको शैक्षिक वातावरण र भौतिक सौन्दर्य अभिवृद्धि गर्न अनुदान प्रदान गर्ने र नेपाल भाषाको पाठ्यक्रम स्वीकृतिका साथै पाठ्यपुस्तक संशोधन गर्ने निर्णय पनि भएको छ ।त्यसैगरी, निर्माणका क्रममा रहेका विभिन्न पूर्वाधार योजनाहरूमध्ये १५ देखि २५ प्रतिशतसम्म भेरिएसन भएका योजनाहरूको कार्यपालिकाले अनुमोदन गरेको छ ।

    images
    images

    दृष्टिविहीन क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    महानगरपालिकाले खेलकुद र खेलाडीको सम्मानका लागि पनि महत्त्वपूर्ण निर्णय गरेको छ । विश्वकपमा उपविजेता बनेको नेपाली दृष्टिविहीन क्रिकेट टोलीका खेलाडीहरूलाई जनही १ लाख रुपैयाँ र टोलीका अन्य सदस्यहरूलाई जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय बैठकले गरेको छ ।

    नयाँ कार्यविधि र ऐन संशोधनको तयारी

    बैठकले ‘श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि २०८२’ र ’बाल कोष परिचालन मापदण्ड २०८२’ स्वीकृत गरेको छ । यस्तै ‘रचनात्मक सहर सञ्जाल कार्यविधि’ संशोधनसहित स्वीकृत भएको छ । सहकारी ऐन २०७४ मा समयसापेक्ष संशोधन गर्न र नयाँ सूचना प्रविधि कार्यविधि तर्जुमा गर्नका लागि बैठकले सैद्धान्तिक सहमति दिएको छ ।महानगर प्रहरी ऐन संशोधन र महानगरवासीलाई निःशुल्क रगत तथा रक्त तत्त्व उपलब्ध गराउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend